सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'स्कुल जान्छु' भनेर हिँडेकी १५ वर्षीया नाबालिग बेपत्ता

'स्कुल जान्छु' भनेर हिँडेकी १५ वर्षीया नाबालिग बेपत्ता

घरबाट स्कुल हिँडेकी एक १५ वर्षिया नाबालिग बेपत्ता भएकी छिन्। काठमाडौंस्थित भंगालमा फुपुसँग बसेर पढिरहेकी १५ वर्षिया बसन्ती तामाङ तीन दिनदेखि बेपत्ता भएकी हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- घरबाट स्कुल हिँडेकी एक १५ वर्षिया नाबालिग बेपत्ता भएकी छिन्। काठमाडौंस्थित भंगालमा फुपुसँग बसेर पढिरहेकी १५ वर्षिया बसन्ती तामाङ तीन दिनदेखि बेपत्ता भएकी हुन्। 

National life

‘असार २० गते बिहान स्कुल जाने भनेर हिडेकी थिइनँ,’ फुपु आरती तामाङले भनिन्, ‘त्यसपछि अहिलेसम्म घर फर्किएकी छैनन्। स्कुलमा बुझ्दा तीन चार दिन घरबाट छिटो हिँडे पनि स्कुल ढिलो पुगिरहेकी थिइन्। अहिले एक्कासी बेपत्ता हुँदा तनावमा छौं।’

सिन्धुपाल्चोकस्थित मेलम्ची १० घर भएकी उनी भूकम्प प्रभावित परिवारकी हुन्। ०७२ सालको भूकम्पले गाउँको स्कुल भत्काएपछि भदैको पढाइ नछुटोस् भनेर आफूले काठमाडौंमा ल्याएर पढाइरहेकी थिइन्। ‘उसको आमा सानैमा बित्‍नुभयो। बुबा गाउँमै हुनुहुन्छ। अहिले नानी शंकास्पद तरिकाले बेपत्ता हुँदा कुन अवस्थामा कहाँ होलिन्, परिवारमा तनाव दिएको छ,’ फुपु आरतीले भनिन्। 

प्रहरीले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएकी छन्। तर प्रहरीले अहिलेसम्म उनको खोजीको विषयमा केही जानकारी नदिएको बताइन्। ‘पढाइ बिग्रिन्छ भनेर मोबाइल पनि चलाउन दिएको थिइनँ, अहिले त्यही भएर खोज्‍न गाह्रो भएको प्रहरीले भनिरहेको छ,’ उनले भनिन्। बेपत्ता बसन्ती काठमाडौं भंगालस्थित अनिता मिलन स्कुलमा पढ्दै आइरहेकी थिइन्।


प्रकाशित: Jul 07, 2022| 20:45 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।