मंगलबार, साउन १९, २०८३

राप्ती नदीमा बगेर एक जनाको मृत्यु

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

दाङ- राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार राप्ती नदी तरेर गढवा गाउँपालिका–१ जेठान गाउँ जाने क्रममा नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाट निवासी ४२ वर्षका शंकर चौधरीको मृत्यु भएको हो।

हँसिया, खुर्पा र फरुवामा आरन लगाउन जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मृतक चौधरीलाई नदीले बगाएर सिसहनियाँ-महदेवा जोड्ने पुल मुनि पुर्‍याएको थियो। मृतक चौधरीको शव पुल मुनि पानीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: Jul 08, 2022| 06:37 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।