गत वर्ष सुरक्षा निकायले साथ दिँदा नदीजन्य वस्तु चोरी गर्नेलाई जरिवाना गरेर ८० लाख रुपैयाँ बढी राजस्व उठाएकोमा यसपालि जरिवाना गर्न नसकिएको जलजला गाउँ कार्यपालिकाका प्रवक्ता हरिविकास जिसीले बताए।
जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल गर्न समेत समस्या भएको छ।
भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दलाई विराटनगर महानगरपालिका–५ भकृटीमार्गबाट बुधबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
बुधबार दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ।
पर्वतमा पाँच जिल्ला हेर्ने भू-तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ। पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मंगलबार न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्यवस्थाअुनसार न्याय परिषद्ले जुनसुकै अवस्थामा पनि हटाउन सक्ने आदेश गरेको हो।
उपचारकै क्रममा रहेका बुढाथोकी बुधबार अपरान्ह ४:१० बजेको समयमा अस्पतालबाटै फरार भएको काठमाडौं उपत्यका प्रहरी कार्यालउका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले जानकारी दिएका छन्।
आफूहरुले ३५ दिने सूचना दिएर अनधिकृत संरचना हटाउन सुरु गरेको उल्लेख गर्दै उनले उक्त अवधिमा सम्पर्कमा नआएकोसमेत दाबी गरेका छन्। अनधिकृत संरचनामाथि महानगरको अनुगमनलगायतका गतिविधि सँधै जारी रहने उनको भनाइ...
नेपाल पत्रकार महासंघ मोरङ शाखाले पूर्व अध्यक्ष निष्ठुरीलाई पुरस्कृत गरिने निर्णय गरेको जनाएको छ। पुरस्कारको राशी २५ हजार रहेको छ। यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई...
उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको छ। निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए...
मधेसका महोत्तरी, धनुषा, सर्लाहीलगायतका जिल्ला तथा प्रदेश १ का मोरङ, झापालगायतका जिल्लाका अप्ठ्यारोमा परेका गरिब, किसानलाई मिटरब्याजमा ऋण दिने गरेको आरोप उनीमाथि लागेको छ।
नक्सापासबिनै अवैध संरचना निर्माण गर्ने, नक्सामा सवारीसाधन पार्किङका लागि अन्डरग्राउन्ड बनाउने भनेर अनुमति लिए पनि सटर बनाएर भाडामा लगाउनेविरुद्ध एक्सनमा उत्रिए मेयर बालेन।