५६ वर्षीया कविताले लगाएको स्ल्याक्सभित्र डाइपरमा अर्धठोस अवस्थाको सुनलाई पोका बनाइ राखेकी थिइन्। भन्सार छली लैजान लागेको अवस्थामा उनीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।
मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
'काठमाडौं महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकोले भदौ १२ आइतवारका दिनदेखि उक्त बेसमेन्ट सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख...
धरानमा एक जनाले सासूमाथि खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका छन्। भोजपुरबाट धरान ससुराली आएका धरान-८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैँले घाँटी रेटेर आत्महत्या गरेका छन्।
उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा-चाँदनी उर्वर भूमिका रूपमा रहेको छ। तर पछिल्ला केही वर्षयता यही उर्वर भूमिमा धमाधम घर बनिरहेका छन्।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको हो।
मृतकका बुबा जुमन अन्सारीले यहाँ आज पत्रकार सम्मेलन गरी वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन्।