काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीलाई मातृशोक परेको छ। केसीकी आमा चन्द्रमाया केसीको निधन भएको कांग्रेस नेता डा. शेखर कोइरालाले जानकारी दिएका छन्।
'नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीको आमा चन्द्रमाया केसीको निधनले स्तब्ध भएको छु। शोकाकुल यस समयमा बलबहादुर केसी लगायत समस्त परिवारमा हार्दिक समवेदना तथा स्व. चन्द्रमाया केसीप्रति भावपूर्ण श्रद्धाञ्जली,' कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।