शनिबार, जेठ २, २०८३

बन्दीपुरमा आधुनिक घर निर्माणमा प्रतिबन्ध

नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

तनहुँ- पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ। बन्दीपुर गाउँपालिका कार्यालयले आधुनिक घर बनाउनेका लागि नक्सापास रोकिदिएको छ। गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए।

National life

नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए।

बन्दीपुर गाउँपालिकाको वडा नं २ र ४ को बन्दीपुर टाउन क्षेत्रमा आधुनिक किसिमका घर निर्माण नगर्न कडाइ गरिएको छ। आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यसमा प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले जानकारी दिए।

आरसीसी घर बनाए पनि पराम्परागत शैली झल्किने गरी काम गर्नुपर्ने, सटर राख्न नपाउने र झ्यालढोका काठको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल, ढोका तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घरले बन्दीपुरको मुख्य आकर्षण बढाएको छ। उक्त क्षेत्रमा घर बनाउने व्यक्तिलाई सटर तथा च्यानलगेट र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको छ। 

सालको काठ महँगो पर्ने भएकाले सामुदायिक वनसँग सहकार्य गरी शुलभ दरमा घर निर्माणका लागि काठ उपलब्ध गराउन लागिएको छ। पर्यटकीयस्थल भएकाले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदका लागि व्यवस्था मिलाइएको गाउँपालिका कार्यालयले जनाएको छ। 

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि उत्तिकै बढ्दै गएको छ। बन्दीपुरबाट धवलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ। 

प्रमुख आकर्षण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा बिछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, सहिदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि हुन्। 

बन्दीपुरबाट आधाघण्टा ओरालोमा एसियाकै ठूलो मानिने सिद्धगुफा अवलोकन, मर्स्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन्। एकपटक बन्दीपुर घुम्न आएका पर्यटक पटक–पटक दोहोर्‍याएर आउने गरेको होटल व्यवसायी बैंश गुरुङले बताए। -रासस

प्रकाशित: Aug 27, 2022| 16:25 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।