शनिबार, जेठ २, २०८३

मध्यपुर थिमिका ५१९ लाई बाँडियो लालपुर्जा

प्राविधिक कारणले नापजाँच हुन नसक्दा भोगचलन गर्दै आएको जग्गामा बसेकालाई लालपुर्जा वितरण गरिएको हो।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

भक्तपुर– नापी कार्यालय भक्तपुरले नापजाँच गरी हाल साविक गरेको ५१९ थान जग्गाधनी पुर्जा मध्यपुर थिमि नगरपालिका–५ र ७ का स्थानीयलाई वितरण गरिएको छ।

National life

मध्यपुर थिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा ५१९ लाई भोगचलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले बताए। 

२०२१ मा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६९५० बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको उनको भनाइ छ।

मध्यपुर थिमि नगरपालिकाको साविक १७  वडामध्ये हाल लागू भएको २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको उनले जानकारी दिए। सुकुम्बासीजस्तै बसेर अनेकौं समस्या झेल्दै आएका स्थानीयलाई नगरपालिकाको पहलमा जग्गाधनीपुर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए।–रासस

प्रकाशित: Aug 27, 2022| 15:20 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।