आज २०७९ भदौ १२ गते तदनुसार २७ अगस्ट २०२२ आइबार। भदौ शुक्ल प्रतिपदा तिथि हो। आजको राशिफल:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका आज पनि समय शुभ रहनेछ। क्षमता प्रयोग गरी अरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ। नयाँ व्यवसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ। पढाई लेखाइमा प्रतिस्पर्धी आफैँ किनारा लाग्ने तथा सफलताको सिँढी चढ्न सकिनेछ। राजनीति गर्नेहरूले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेको छ। प्रेममा रमाउन चाहनेहरूले एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ। इमानदारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ। सांगठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ। व्यापार व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी गरी विलासी वस्तुको उपभोग गर्न पाइनेछ। पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तक खुसी रहनेछन्। माया प्रेममा सामीप्य बढेर जानेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ। परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नीबीच अविश्वास सिर्जना हुनेछ। सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ। विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन। हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ। पढाई लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरू सक्रिय हुनेछन्। मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला। व्यवसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ। आफ्ना कमजोरी सकभर लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ। शत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपाईंको क्षमता देखेर आफै साइड लाग्नेछन्। स्वास्थ्य सम्बन्धी पुराना समस्या ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ। पढाई लेखाइमा प्रतिष्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ। पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ। नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन। प्रेम प्रसङ्गमा एक अर्काबिच नजिक हुने तथा रमाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब छ। बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भने जस्तो पारिश्रमिक पाइने छैन। विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला। परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा असहयोग हुनेछ। व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ। माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ। पेट सम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ। राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ। व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ। सुन्दर तथा बिलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरिन अरूको मन आफूनिर आकर्षित गर्न सकिनेछ। पढाई लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ। स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ। गलत कामहरू भुलेर पनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ। पढाई लेखाइमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेको छ। माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेको छ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै छुट्टिनु पर्ने हुन सक्छ। व्यापार व्यवसाय खस्केर जाने ग्रहयोग रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि आज पनि स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ। आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ। समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झैँ झगडा हुने अधिक सम्भावना रहेको छ। माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ। पारिवारिक माहौलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ। पढाई लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ। समय राम्रै छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ। मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ। जमिनसम्बन्धी जुनसुकै पेसा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ। पुराना इष्टमित्र एक्कासि भेट होलान्। आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ। समग्रमा समय शुभ छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि आज समय खराब छ। आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ। मानसिक चञ्चलपनले पेसागत हानी हुने सम्भावना बलियो छ। गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्। स्वास्थ्यले साथ नदिन पनि सक्छ। आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुन्।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)