शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी भवनमा पनि महानगरको डोजर, राहदानी विभाग पुगे मेयर बालेन

सरकारी भवनमा पनि महानगरको डोजर, राहदानी विभाग पुगे मेयर बालेन

काठमाडौं महागरपालिकाले आज शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराउने भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– काठमाडौं महागरपालिकाले आज शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र  खाली गराउने भएको छ। विभागको बेसमेन्ट पार्किङ खाली गराउन महानगर प्रमुख बालेन शाहको टोली त्यहाँ पुगेको छ। 

National life

हिजो बिहीबार महानगरले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाएको थियो। 

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको हो। मेयर शाह आफैं फिल्डमा खटिएर अवैध संरचना भत्काउन निर्देशन दिइरहेका छन्।

राहदानी विभागमा रहेको पार्किङस्थल महानगरले खाली गर्न थालेको छ। पार्किङस्थलको लागि नक्सापास गरिएको ठाउँमा सेवाग्राही बस्ने कुर्सीहरु राखिएको थियो। उक्त कुर्सीहरु महानगरले निकाल्न थालेको छ।

विभागका महानिर्देशकले मानवीय हिसाबले पनि उक्त संरचना नहटाउन अनुरोध गरेका थिए। ‘मानवीय हिसाबले पनि यो नहटाउनुस्। बाहिर सेवाग्राही तातो घाममा बस्नुपर्छ। त्यसैले शीतलमा बस्ने व्यवस्था मिलाएका हौं,’ उनको भनाइ थियो।

तर, महानगर प्रहरी प्रमुख राजु पाण्डेले झ्यालढोका नभएको ठाउँमा मान्छे बस्न नसक्ने र विभागले बहानाबाजी गरेको बताउँदै कुर्सीहरु खाली गर्न निर्देशन दिए। त्यसपछि धमाधम नगर प्रहरीले कुर्सी हटाएर पार्किङ क्षेत्र खाली गराएका छन्।

प्रकाशित: Aug 26, 2022| 13:24 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।