शनिबार, जेठ २, २०८३

दुबईबाट आएकी कविताको डाइपरमा भेटियो ७७० ग्राम सुन

५६ वर्षीया कविताले लगाएको स्ल्याक्सभित्र डाइपरमा अर्धठोस अवस्थाको सुनलाई पोका बनाइ राखेकी थिइन्। भन्सार छली लैजान लागेको अवस्थामा उनीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

National life

काठमाडौं- फ्लाई दुबईको उडानबाट काठमाडौं उत्रिएकी एक महिलाको डाइपरमा ७७० ग्राम सुन भेटिएको छ। भदौ ९ गते फ्लाई दुबईको उडानबाट आएकी यात्रु भक्तपुर-८ सुकुलढोकाकी कविता श्रेष्ठ उक्त परिणामको अर्धठोस सुनसहित पक्राउ परेकी हुन्। 

५६ वर्षीया कविताले लगाएको स्ल्याक्सभित्र डाइपरमा अर्धठोस अवस्थाको सुनलाई पोका बनाइ राखेकी थिइन्। भन्सार छली लैजान लागेको अवस्थामा उनीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो। 

उनीमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Aug 26, 2022| 20:19 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।