शनिबार, जेठ २, २०८३

कञ्चनपुरमा दुई वर्षीया बालिका मृत फेला

भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

National life

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए। ‘हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा शुक्रबार बिहान प्रहरीले फेला पारेको हो।’ उनले भने, ‘अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 26, 2022| 11:56 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।