शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने धादिङका लामा पक्राउ

काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने धादिङका लामा पक्राउ

मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो।

National life

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै आएका अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो।

उक्त मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रवक्ता भट्टले बताए। पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको सो कार्यालयले जनाएको छ। 


प्रकाशित: Aug 26, 2022| 06:10 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।