शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्रिन कार्डसहित अमेरिका पठाउँछु भन्दै ठगी गर्ने तीन जना पक्राउ

ग्रिन कार्डसहित अमेरिका पठाउँछु भन्दै ठगी गर्ने तीन जना पक्राउ

स्थायी बसोवास अनुमतिपत्र (ग्रिनकार्ड)सहित अमेरिकामा पठाइदिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- स्थायी बसोवास अनुमतिपत्र (ग्रिनकार्ड)सहित अमेरिकामा पठाइदिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

विभिन्न व्यक्तिसँग ठगी गर्दै रकम असुल्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो। काठमाडौं गैरीधारा मार्गस्थित प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्सलटेन्सीका सञ्चालक परविन राईसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

संखुवासभा सिलिचोङका राईले परामर्श प्रयोजनका लागि खोलेको उक्त कन्सल्टेन्सीबाट अमेरिका, क्यानडा, जापानलगायत देशमा इमिग्रेसन भिसामा वैदेशिक रोजगारमा पठाइदिने भनि प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ। 

उजुरी आएपछि प्रहरी कन्सल्टेन्सी पुगेको थियो। कन्सलटेन्सीले कम्पनी दर्ता गर्दा परामर्श दिने भनी दर्ता गरेको भए पनि शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट अनुमति लिएको नदेखिएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

त्यसैगरी उक्त कन्सल्टेन्सीले दुई वर्षभित्रमा अमेरिका पठाउँछु भन्दै एक व्यक्तिबाट ५० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीलाई राइसिहति पश्चिम नवलपरासी रामग्रापका ओमकार गुप्ता र इलाम सूर्योदयका संजय तामाङलाई पनि नियन्त्रणमा लिएको छ। तीनै जनालाई शिक्षा ऐन, २०२८ तथा ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 26, 2022| 07:50 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।