शनिबार, जेठ २, २०८३

सासूलाई खुकुरी प्रहार गरेर ज्वाईंले गरे आत्महत्या

धरानमा एक जनाले सासूमाथि खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका छन्। भोजपुरबाट धरान ससुराली आएका धरान-८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैँले घाँटी रेटेर आत्महत्या गरेका छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

सुनसरी- धरानमा एक जनाले सासूमाथि खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका छन्। भोजपुरबाट धरान ससुराली आएका धरान-८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैँले घाँटी रेटेर आत्महत्या गरेका छन्। 

National life

आत्महत्या गर्नुअघि रम्तेलले ७१ वर्षीया सासू नरमाया भुजेललाई बिहीबार राति खुकुरी प्रहारी गरेका थिए। उनले ससुराली आएको दोस्रो दिन घटना घटाएका हुन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको धरान-८ का वडाध्यक्ष धनबहादुर राईले बताए। ज्वाईं रामबहादुरले टाउकोमा खुकुरी प्रहार गरेपछि घाइते भएकी नरमायालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको एक अस्पतालमा रिफर गरेको वडाध्यक्ष राईको भनाइ रहेको छ।

मृतक रामबहदुरको घर भोजपुरको पौवादुम्बा गाउँपालिका–५ सानोदुम्मा हो। मृतक रामबहादुरकी श्रीमती करिब डेढ महिनाअघि दुबईमा वैदेशिक रोजगारमा गएकी छन्।

प्रकाशित: Aug 26, 2022| 12:27 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।