शनिबार, जेठ २, २०८३

धानको गाँज मर्न थालेपछि बागलुङका किसान चिन्तित

जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

बागलुङ- बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन्। जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्।

National life

उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएन। सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन्। गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन्।

मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हाल्नुभएन। घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उहाँले खेतबारीबाट राम्रै उत्पादन लिन्थ्ये। पछिल्ला केही वर्षयता बालीमा हुने सङ्क्रमणका कारण पौडेलजस्तै गाउँभरिका किसान मर्कामा छन्। 

अमलाचौरकै बाँसचौरका लीलाधर विकको पनि समस्या उस्तै छ। घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवासमेत मर्न थालेकाले उनी चिन्तित छन्। वर्षौँदेखि खेतबारीमा काम गर्नुभएका पौडेल र विकजस्तै अमलाचौरका अधिकांश किसानले न त खेतीमा देखिएको रोग किराको सङ्क्रमणको विषयमा जानेकालाई बताए न त आफ्नो माटोको उर्वराशक्ति खोजे।

हिउँदे र वर्षेबाली दुवैमा रोग किराको सङ्क्रमण देखिन थालेपछि किसान कृषि प्राविधिकको खोजी गर्न थालेका छन्। ‘खेतमा धान मरेको छ, बारीको कोदो पनि जोगिएन्’ पौडेल भन्छन्, ‘किसानलाई हरेक हिसाबले मार परेको छ।’ बाली पहेँलो हुने, सुक्ने र कुहिने गर्ने गरेको पौडेलले बताए। बालीमा क्षति हुने देखेपछि अमलाचौरका अधिकांश किसानले आफ्नो खेतबारीको माटोको उत्पादन क्षमताका विषयमा जानकारी लिएका छन्। तर माटोको उर्वराशक्तिभन्दा खनजोत र व्यवस्थापनले रोग किराको सङ्क्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए।

‘हिउँदमा लगाएको मकैबाली भित्र्याएपछि राम्रोसँग खनजोत गरेर माटो नसुकाउँदा मकैको डाँठहरूमा हुने किरा माटोमा लुकेर बसेका हुन्छन्, तीनै किराले धानबालीमा आक्रमण गर्दा गाँज मर्ने हुन्छ’, भट्टराई भन्छन,‘पर्याप्त पानी नहुने, धमिरा, खुम्रे किराको आक्रमणलगायत कारणले पनि धान, मकै तथा कोदोबाली मर्ने समस्या आउने गरेको छ।’

रोग किराको सङ्क्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व सावधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताए। बालीमा नाइट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमा नै कृषि प्राविधिकको सल्लाहमा उपचार र निदान खोज्न भट्टराईले आग्रह गरे।

अमलाचौरको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाइएको छ। बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको परीक्षणमा अधिकांश माटोमा पिएचमान ६.५ देखिएको कृषि प्राविधिक राहुल केसीले बताए। अमलाचौरको तीन सय ५० रोपनी क्षेत्रफलमध्ये ६७ माटोको नमूना लिएर परीक्षण गरिएको थियो। ‘अधिकांश माटोमा अम्लियपन देखिएको छ, यो सुधार गर्न सकिने विषय हो, हामीले कृषि चुनको प्रयोगका लागि किसानलाई सुझाएका छौँ’, केसीले भो।  -रासस

प्रकाशित: Aug 26, 2022| 10:06 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।