बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महानगरले खाली गराएपछि राहदानी विभागले भन्यो- होल्डिङ एरियामा पार्किङ खुला

महानगरले खाली गराएपछि राहदानी विभागले भन्यो- होल्डिङ एरियामा पार्किङ खुला

'काठमाडौं महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकोले भदौ १२ आइतवारका दिनदेखि उक्त बेसमेन्ट सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरले पार्किङ क्षेत्र खाली गराएपछि राहदानी विभागले पार्किङ क्षेत्र खुला गरिएको बताएको छ। शुक्रबार दिँउँसो काठमाडौं महानगरले कार्यालय निरीक्षण गरी पार्किङ क्षेत्रमा कुर्सी राखेर स्थान ओगटिएको भेटाएपछि खाली गराएको थियो। विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबारदेखि लागू हुने गरी सेवाग्राहीको सुविधाका लागि पार्किङ क्षेत्र खुला गरिएको जानकारी गराएको हो। 

'काठमाडौं महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकोले भदौ १२ आइतवारका दिनदेखि उक्त बेसमेन्ट सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

पार्किङ सुविधाको प्रयोग गरी राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगर्न समेत सेवाग्राहीमा विभागले आग्रह गरेको छ। 


प्रकाशित: Aug 26, 2022| 16:42 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।