प्रदेश ५ सरकारको सोमबार बुटवलमा सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेशका तीन ठाउमा कोरोना भाइरसको परिक्षण गर्नेगरी प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको छ।
ललितपुरको वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले अहिले कोही व्यक्तिको मृत्यु हुँदा कोरोना भाइरसकै कारण मरेको भनेर हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कोभिड १९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन्।
सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमुना...
कर्णाली प्रदेशबाट कोरोनाको परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएका छन् । सामाजिक विकास मन्त्री दल रावलका अनुसार रुकुम पश्चिम, जुम्ला र सुर्खेतबाट परीक्षणका लागि पठाइएका १७ वटा रिपोर्ट नेगेटिभ आएका...
कोरोनाका कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार ६ सय ३० सिलिण्डर ग्यास बिक्री भएको छ।
मिथिलाञ्चल क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइँदैछ। चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ,...