बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमणको खतरा सीमित गर्न सक्ला लकडाउनले ?

अध्ययनका अनुसार यदि ९० प्रतिशत जनसंख्याले नियमको कडा पालना गर्‍यो भने यो संक्रमण तीन देखि चार हप्तासम्ममा नियन्त्रणमा लिन सकिन्छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं- अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार यदि ९० प्रतिशत जनसंख्याले केही हप्तासम्म एक आपसमा भौतिक दूरी कायम गर्न सक्यो भने कोरोना भाइरसको संक्रमण चाँडै नियन्त्रण गर्न सकिन्छ।

कोरोना भाइरस (कोभिड– १९) खासगरी मानिसहरुको आपसी सम्पर्कबाट फैलिन्छ। यसबाट छुटकारा पाउन सर–सफाई र आपसी दूरीलाई महत्वपूर्ण मानिएको छ। यसलाई फैलनबाट रोक्नका लागि आपसी दूरी कायम गर्नु कति महत्वपूर्ण छ, यो बुझ्न यूनिभर्सिटी अफ सिड्नीले एउटा अध्ययन गरेको छ।

अध्ययनका अनुसार यदि ९० प्रतिशत जनसंख्याले केही हप्तासम्म आपसी दूरी कायम गर्ने हो भने (लकडाउनका नियम कठोरतापूर्वक पालन गर्ने हो भने) यसमाथि चाँडै नियन्त्रण पाउन सकिन्छ।

त्यस्तै यदि अस्ट्रेलियको ८० प्रतिशत जनसंख्याले आपसमा दूरी कायम गर्ने हो भने यो रोग तीन महिनामै समाप्त हुनसक्छ।

अध्ययनमा संलग्न प्राध्यापमक मिखाइल प्राकोपेंकोका अनुसार यदि ७० प्रतिशतभन्दा कम जनसंख्याले आपसी दूरी बनाउँछ भने यो रोगलाई समाप्त गर्न निकै गाह्रो हुनेछ। उनी यो संक्रमणलाई नियन्त्रित गर्नका लागि कम्तिमा अस्ट्रेलियाको ८० प्रतिशत जनसंख्याले आगामी चार महिनासम्म सामाजिक र भौतिक दूरीसँग जोडिएका नियमको कडाईका साथ पालना गर्नुपर्ने बताउँछन्।

अध्ययनका अनुसार यदि ९० प्रतिशत जनसंख्याले नियमको कडा पालना गर्‍यो भने अस्ट्रेलियामा यो संक्रमण तीन देखि चार हप्तासम्ममा नियन्त्रणमा लिन सकिन्छ।

प्राध्यापक प्राकोपेंकोका अनुसार ७० प्रतिशतभन्दा कम जनसंख्याले मात्र आपसी दूरी बनाउने हो भने कोरोना नियन्त्रणका लागि गरिएका सबै प्रयास निरर्थक हुनेछन्।

अध्ययनमा सामाजिक र भौतिक दूरी कम गर्न जति ढिलो गर्‍यो पछि त्यती नै लामो समयसम्म ‘लकडाउन’ को कठोर पालना गर्नुपर्ने उल्लेख छ।

प्रोकोपेंको भन्छन, ‘जति चाँडै हामी यि कडा नियम लागु गर्छौ, हामीसँग संक्रमणसँग जुध्न उती नै बढी मौका हुनेछ। किनभने संक्रमणको सामना गर्न हामीले आफ्नो हेल्थ केयर सिस्टम, आईसीयू, भेन्टिलेटर, एन्टिभाइरल औषधि र प्रशिक्षित स्वास्थ्यकर्मीजस्ता संसाधानको कमीलाई पूरा गर्नुपर्नेछ।’

विद्यालय र कलेजहरु बन्द गर्दा सामाजिक दूरीको १० प्रतिशत हिस्सा पुरा हुने उनी बताउँछन् ।

नेपालमा झन् जरुरी

यो अध्ययन् अस्ट्रेलियमा आधारित भए पनि नेपालमा समेत कोरोना संक्रमणबाट छुटकारा पाउन र नियन्त्रणमा लिन आपसी दूरीको महत्वपूर्ण भूमिका हुने प्रस्ट छ।

यसै कारण नेपालमा सरकारले दुई साताको लकडाउन गरेको छ। संभवतः यो अरु थपिनेछ।

नेपालजस्तो स्वास्थ्य सेवा भद्रगोल र कमजोर भएको देशमा लकडाउनका साथै आपसी दूरी कायम राख्नु झनै जरुरी छ। किनभने यो महामारी व्यापक स्तरमा फैलियो भने हाम्रा अस्पताल र सम्पूर्ण स्वास्थ्य व्यवस्थाले धान्न सक्ने छैन। त्यसैले हामीले लकडाउनका नियमको कडाईका साथ पालना गर्नुको विकल्प छैन।

अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कौं, निक्लनै पर्‍यो भने एक अर्कासँग दूरी बनाइराखौं । यि नियमको उद्देश्य तपाईंलाई बन्धनमा राख्नु होइन बरु, तपाईं र परिवारको सुरक्षा गर्नु हो।

जति चाँडै नेपालको पूरै जनसंख्याले यो लकडाउनलाई पूर्णताका साथ पालना गर्छ उती नै कम समय हामी आफ्नो घरमा बन्द रहनुपर्ने हुन्छ।

प्रकाशित: Mar 30, 2020| 16:11 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।