बिहीबार, भदौ ४, २०८३

प्रदेश ५ मा तीन ठाउँमा कोरोना भाइरसको परीक्षण गरिने

प्रदेश ५ सरकारको सोमबार बुटवलमा सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेशका तीन ठाउमा कोरोना भाइरसको परिक्षण गर्नेगरी प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

भैरहवा- प्रदेश ५ सरकारको सोमबार बुटवलमा सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेशका तीन ठाउमा कोरोना भाइरसको परिक्षण गर्नेगरी प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको छ।

बैठकपछि प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसीले मन्त्रिपरिषदको बैठकले तीनदिनभित्र तीन दिनभित्र प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको जानकारी दिए।

सरकारको तयारी अनुसार भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा प्रयोगशाला स्थापना हुनेछ।

यसैगरी बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने, ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने समेत निर्णय गरेको छ।

यसैगरी बैठकले खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ।

प्रकाशित: Mar 30, 2020| 17:49 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।