बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : आइसोलेसनमा १२ जना, तीन जनाको रिपोर्ट नेगेटिभ

प्रदेश २ : आइसोलेसनमा १२ जना, तीन जनाको रिपोर्ट नेगेटिभ

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा १२ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

जनकपुरधाम- प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा १२ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। उनीहरुलाई उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दुईजना जनकपुरस्थित प्रादेशिक अस्पताल, पाँचजना वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पताल र पाँचजना बाराको कलैयास्थित अस्पतालमा छन्।

कोरोनाको आशंका भएका तीनजनाको रिपोर्ट निगेटिभ आएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले धनुषाका दुई र सप्तरीको एकजनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

उनीहरुको र्याल परीक्षणका लागि केही दिनअघि काठमाडौंको टेकु पठाइएको थियो। उनीहरुमा कोरोना संक्रमण नरहेको पुष्टि भएको झाले बताए।

जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा रहेका दुईजना र रौतहटको चन्द्रपुर हस्पिटलमा उपचार गराइरहेको तीनजनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

प्रदेश २ का विभिन्न क्वारेन्टाइनमा २५९ जना राखिएका छन्। विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको वरिष्ठ अधिकृत झाले जानकारी दिए ।

सप्तरीमा सबैभन्दा बढी १३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। रौतहटमा ९२ जना क्वारेन्टाइनमा छन्।

सिरहामा १०, धनुषामा १२, सर्लाहीमा २ र बारामा ५ जना क्वारेन्टाइनमा छन्। धनुषाकै विदेह नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा चारजनालाई राखिएको छ।

महोत्तरी र पर्सामा कोही पनि क्वारेन्टाइनमा नरहेको निर्देशनालयले जनाएको छ। यसअघि पर्साको क्वारेन्टाइनमा राखिएका सबै १५ जना फिर्ता भइसकेका छन्। 

प्रकाशित: Mar 30, 2020| 14:24 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।