शुक्रबार, असोज २३, २०८३

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

पोखरा- कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ।

सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा बसमा करिब २१ जना विद्यार्थी सवार थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य तीव्र पारेको छ। हालसम्म ५ जना घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Oct 09, 2026| 09:25 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्