शुक्रबार, असोज २३, २०८३

आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुला

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

काठमाडौं- दशैँलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले आजदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो। त्यसैगरी लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ। त्यसैगरी यस अवधिमा ढुवानीका सवारी साधनमा फलफुल, औषधि खाद्यान्न, खसी बोकासहित आपतकालीन बाहेक अन्य ढुवानीका यातायात संचालन नगर्ने निर्णय गरिएको छ।

यातयात व्यवस्था विभागमा टिकटमा कालोबजारी रोक्न अनुगमन गरिने र कारवाही गरिने समेत विभागले जनाएको छ।

प्रकाशित: Oct 09, 2026| 09:29 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्