बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको महाधिवेशन एक दिन लम्बियो, प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने

कांग्रेसको महाधिवेशन एक दिन लम्बियो, प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने

 |  बिहीबार, असोज २२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०८३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि प्रभावित भएका महाधिवेशन प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने भएको छ।

निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेपछि थपिएको एक दिनको व्यवस्थापनका लागि निर्णय गरिएको हो।

आवास आवश्यक पर्ने प्रतिनिधिले आफ्नो क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गरिने कांग्रेसले जनाएको छ। आज साँझ र भोलि बिहानको भोजनको व्यवस्था पनि गरिने भएको छ। भोजनको व्यवस्था साविककै भृकुटीमण्डपमा हुनेछ।

सभापति गगन थापाले थपिएको एक दिनबाट परेको असहजतालाई परिस्थितिको बाध्यताका रूपमा लिएर सबै प्रतिनिधिलाई एकताबद्ध भएर भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित: Oct 08, 2026| 17:26 बिहीबार, असोज २२, २०८३
प्रतिक्रिया दिनुहोस्