बिहीबार, भदौ ४, २०८३

चितवन र महोत्तरीमा आगलागी, दुईको मृत्यु

देशका विभिन्न स्थानमा आगलागीमा परी दुई जनाको ज्यान गएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरी र चितवनमा आगलागीमा परी एक–एक जनाको ज्यान गएको हो।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं– देशका विभिन्न स्थानमा आगलागीमा परी दुई जनाको ज्यान गएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरी र चितवनमा आगलागीमा परी एक–एक जनाको ज्यान गएको हो।

आगलागीमा परी महोत्तरी, मनराशिश्वा नगरपालिका–४,जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजाकुमारी सहनीको आगलागीमा जलेर ज्यान गएको हाे।

घरमा खाना बनाउने क्रममा ग्याँस लिक हुँदा भएको आगलागीबाट उनी गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै, आगलागीमा परी चितवन, माडी नगरपालिका–७ करही खोला नजिकै रहेको सुकुम्बासी टोलका राजकुमार चेपाङकी छोरी ९ वर्षीया रजिनाको  ज्यान गएको छ।

घर नजिकै बालेको आगो सल्किएर घरमा आगलागी हुँदा बालिकाको घटनास्थलमै ज्यान गएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 30, 2020| 14:09 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।