बिहीबार, भदौ ४, २०८३

सहकारीका अगुवाहरुसँग मन्त्री अर्यालको छलफल

कोभिड १९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

कोभिड १९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन्।
राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफल गर्दै मन्त्री अर्यालले राष्ट्रिय रुपमा आएको संकटमा अधिकतम उपयोग गर्न निर्देशन दिएकी छन्।
मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिएकी छन्।
त्यस्तै मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिएकी छन्।
आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत मन्त्री अर्यालले आग्रह गरिन्।

प्रकाशित: Mar 30, 2020| 16:19 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।