बिहीबार, भदौ ४, २०८३

अवैध लागुऔषधसहित तीन पक्राउ

सुर्खेतमा अवैध लागुऔषधजस्तो देखिने पदार्थसहित तीन पक्राउ परेका छन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

सुर्खेत– जिल्लामा अवैध लागुऔषधजस्तो देखिने पदार्थसहित तीन पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९, का २७ वर्षीय शारदा महतारा, २२ वर्षीय विकाश मानन्धर र वीरेन्द्रनगर नगरपालिका–३ बस्ने सुनिल थारू छन्।

महतारालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय मिलि ग्राम, नगद १ लाख १२ हजार ९ सय ४५ रूपैयाँ र डिजिटल तराजु १ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पसलमा बसिरहेकी महताराबाट उक्त परिमाणको लागूऔषध तथा नगदसहित फेला पारेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा मानन्धर र थारूलाई पनि पक्राउ गरिएको छ। उनीहरूको साथबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 30, 2020| 13:54 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।