बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंकामा वीर अस्पताल भर्ना भएका दुई जनाको मृत्यु

कोरोनाको आशंकामा वीर अस्पताल भर्ना भएका दुई जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतबाट फर्किएका ३५ वर्षीय पुरुष र काठमाडौं नैकापकी ४० वर्षीया महिला छन्। पुरुषको सोमबार र महिलाको आइतबार अस्पतालको आकस्मिक कक्षमा ज्यान गएको हो।

अस्पतालका अनुसार सोमबार ज्यान गुमाएका पुरुषमा श्वासप्रश्वाससम्बन्धी समस्या थियाे। दुवैमा कोरोनाको लक्षण देखिएकाले स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ।

प्रकाशित: Mar 30, 2020| 16:36 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।