विवेकशील नेपाली पार्टीले कोरोना महामारीसँग जुध्न ‘नागरिक सहायता कक्ष स्थापना गरेको छ । दलका संघीय अध्यक्ष मिलन पाण्डे संयोजक र नेतृ रञ्जु दर्शना सहसंयोजक रहेको समन्वय समिति मार्फत नागरिकहरुलाई सहायता दिने काम भइरहेको पार्टीले जनाएको छ ।
विवेकशीलले ९८४३९३३८०५ नमबरको हटलाईन सेवा पनि सुरु गरेको छ । यही नम्बरको भाईबर, ह्वाट्सएप र मेसेन्जर कल या म्यासेज पठाउन सक्ने व्यवस्था मिलाईएको छ ।
विवेकशील नेपालीले काठमाडौंभित्र खाद्यान्न आपूर्तिका लागि भ्यान र सो सञ्चालनको अनुमति लिर्इ आजैबाट अप्ठ्यारोमा परेका नागरिकको लागि घरमै खाद्यान्न पुर्याइदिने व्यवस्था मिलाएको दलका सञ्चार विभाग प्रमुख आलोक सुवेदीले बताएका छन् । हटलाईनमै आपूर्ति समस्याबारे जानकारी गराउन सकिनेछ ।
त्यसैगरी गर्भवती महिलाहरुलाई पहिचान गरी उनीहरुलाई डेलिभरीको समयमा अस्पतालसम्म पुर्याउन समन्वय गरिरहेको छ। त्यसका लागि उसले एउटा फाराममा सूचना संकलन गरिरहेको छ।
र्न सकिन्छ । गर्भवति महिला पहिचान तथा मद्दत नेपालका विभिन्न मातृभाषाहरुमा कोरोनाबाट बच्ने उपाय र चेतनाबारे विवेकशीलले भिडियो सन्देश बनाउँदै गइरहेको छ । अहिलेसम्म नेपाली, अंग्रेजी, नेवारी, तामांग, मैथली, भोजपुरी, चौधरी र डोट्याली भाषामा भिडियो सन्देशहरु सार्वजनिक गरेको छ ।
विवेकशीलले प्रदेश नं १, २, ३, ४, ५ मा चिकित्सकहरुको टोली बनाई विरामीले सिधै सम्पर्क गर्न सक्ने गरी चिकित्कहरुको सम्पर्क सार्वजनिक गरेको छ । विदेशमा खासगरी कतार र साउदी अरबमा त्यहाँस्थित कामदारको जाँच गर्न त्यहाँका सरकार र नेपाली नियोगहरुसँग समन्वय गरिरहेको छ ।