बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटबलको कोरोना अस्पतालमा ज्यान गुमाएका युवकको रिपोर्ट नेगेटिभ

बुटबलको कोरोना अस्पतालमा ज्यान गुमाएका युवकको रिपोर्ट नेगेटिभ

बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा आइतबार ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

बुटवल– बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा आइतबार ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।

युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ।

बुटवल सैनामैना–४, सिसौडाँडा बस्दै आएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो।

ती युवकको स्वाब अस्पताल भर्ना भएको चौथो दिन परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। ती युवकलाई आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको थियो। र, उनकाे दिउँसो १ बजे मृत्यु भएको थियो।

थापाकाे शव अस्पतालमै छ। 

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

प्रकाशित: Mar 30, 2020| 16:09 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।