बुधबार, भदौ ३, २०८३

उपेन्द्र यादवलाई नेकपा प्रवेश गर्न प्रचण्डको आग्रह

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्न आग्रह गरिएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवलाई नेकपामा आउन पुनः आग्रह गरेका हुन्।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्न आग्रह गरिएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवलाई नेकपामा आउन पुनः आग्रह गरेका हुन्।

प्रचण्ड निवास खुमलटारमा समाजवादीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले भने,‘धेरै झमेला गर्नुभन्दा उपेन्द्र जी पनि यतै मिल्न आए हुन्छ। अलग-अलग चुलाचौका लगाएर यहाँ धेरै हुने वाला छैन।’

प्रचण्डले बाबुराम र अशोक राईका विषयमा भने,‘अशोक राई, बाबुराम भट्टराई बडो निरीह बनेर बस्नु परेको अवस्था छ भनेर साथीहरूले भन्नुभएको छ।’

४० जनाभन्दा बढीलाई नेकपामा प्रवेश गराएका प्रचण्डले भने,‘जो जहानेर ब्युँझिन्छ त्यहीं उठेर हिंड्न सुरू गर्छ। अहिले नेकपा प्रवेश गर्ने साथीहरू ब्युँझनु भएको छ, उहाँहरू आउनुभयो। भोलि अरू पनि ब्युँझिनुहुनेछ र आउनुहुनेछ।’

यसअघि पनि प्रचण्डले उपेन्द्र यादवलाई नेकपामा आउन आग्रह गरेका थिए। 

प्रकाशित: Jan 22, 2020| 18:39 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।