पर्सा– जिल्लामा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
जिराभवानी गाउँपालिका–५, सखुबनिया टोलबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट नगद ५७ हजार २ सय ९० रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय,पर्साले जनाएको छ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।