बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • औषधिजन्य सामग्रीसहित विशेषज्ञको टोली सातै प्रदेशमा पठाइयो

औषधिजन्य सामग्रीसहित विशेषज्ञको टोली सातै प्रदेशमा पठाइयो

सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमुना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण पठाइएको जानकारी दिए।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं - सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमुना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण पठाइएको जानकारी दिए।

उनका अनुसार केही प्रदेशमा सेनाको हेलिकप्टरबाट सामान पठाइसकिएको छ भने केही प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन्।

आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री नेपाल ल्याइएको थियो। सरकारले सातै प्रदेशमा प्रयोगशाला संचालन गरेर त्यहीँ नै कोभिड–१९ को परीक्षण गर्नेछ। यसअघि काठमाडौंमा मात्र नमूना परीक्षण हुने गर्थ्यो। आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको काम सुरु भइसकेको छ।

प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको छ। स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच (पीपिई) एक/एक हजार थान, सर्जिकल मास्क १०/१० हजार थान, पञ्जा दुई/दुई जार थान तथा एन–९५ मास्क एक/एक हजार थान रहेका छन्।

मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा कोभिड–१९ को नमुना परीक्षणका लागि प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ। कार्कीका अनुसार प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा. निराजन भुसाल र विवेक तिमिल्सेनालाई पठाइएको छ। यस्तै वाग्मती प्रदेशको हेटौडामा विष्णु उपाध्याय र निर्मल आचार्य, गण्डकी प्रदेशको पोखरामा प्रयोगशाला विज्ञका रुपमा बलराम गौतम, श्रीराम बाँस्तोला र रोजी पाण्डे, प्रदेश नं ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ। नेपालगञ्जमा रामकृष्ण श्रेष्ठ तथा कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमशः डा महेन्द्रप्रसाद भट्ट र सुनिलप्रसाद लेखक पठाइएका छन्।

प्रकाशित: Mar 30, 2020| 15:50 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।