दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय संगठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगा खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ।
तनहुँबाट आएर काठमाडौंका विभिन्न विश्वविद्यालयका क्याम्पस र केन्द्रीय विभागहरुमा अध्यापन गर्ने नेपाली कांग्रेसमा आस्थावान् प्रजातन्त्रवादी प्राध्यापकहरुले नेपालको वर्तमान राजनीति र प्रजातन्त्रको अवस्थाबारे भर्चुअल माध्यमबाट छलफल गरेका छन्।
काठमाडौं– कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लाहरुमा एक हप्ता निषेध आदेश थप गरिएको छ। तेस्रो चरणमा थपिएको निषेध आदेश भने केही खुकुलो पारिएको छ।
धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कोरोना परीक्षण शुल्क तोकेको छ। अस्पतालले स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको हो।