शुक्रबार, भदौ १२, २०८३

जुम्लामा फेरि निषेध आदेश

कोरोना संक्रमित बढ्न थालेपछि जुम्ला सदरमुकाम खलंगामा पुनः निषेध आदेश जारी गरिएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

सुर्खेत– कोरोना संक्रमित बढ्न थालेपछि जुम्ला सदरमुकाम खलंगामा पुनः निषेध आदेश जारी गरिएको छ।

सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा संक्रमित बढेपछि बुधबार दिउँसो १ बजेदेखि अनिश्चितकाली निषेध आदेश गरिएको हो।

सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षाय क्षेत्रमा निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

खलंगामा औषधि पसल तथा स्वास्थ्य सेवा बाहेक सम्पूर्ण बजार बन्द गरिएको छ।

जुम्लामा बुधबारमात्रै कैदीबन्दी, कर्मचारी र स्थानीयमा गरी ३९ जनामा कोरोना संक्रण देखिएको छ।

संक्रमितमध्ये कैदीबन्दी १० जना, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी चार जना, चन्दननाथ नगरपालिकामा १६ जना, तिला र तातोपानी गाउँपालिकाका दुई÷दुई जना, सिन्जा, पातारासी र कनकासुन्दरी गाउँपालिका र कृषि कार्यालयका एक÷एक जना छन्।

प्रकाशित: Sep 02, 2020| 17:29 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।