शुक्रबार, भदौ १२, २०८३

उपरथी राणालाई दर्ज्यानी चिह्न

उपरथीमा पदोन्नति भएका नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– उपरथीमा पदोन्नति भएका नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

१४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उपरथी राणालाई पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ। दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Sep 02, 2020| 22:11 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।