काठमाडौं– कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तनहुँ ब्यास–२ निवासी २० वर्षीया युवती छन्। उनको मंगलबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश निर्देशनालयले बुधबार जनाएको छ।
मृर्गौलाको समस्या भई डायालाइसिस गराइरहेकी उनलाई बुधबार नै कोरोना पुष्टि भएको थियो। योसहित प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।