शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली–दाहालबीच भेटवार्ता, राष्ट्रिय सभामा गौतम वा खतिवडालाई पठाउने विषयमा जुटेन सहमति

ओली–दाहालबीच भेटवार्ता, राष्ट्रिय सभामा गौतम वा खतिवडालाई पठाउने विषयमा जुटेन सहमति

पार्टीको सचिवालय बैठकको अघिल्लो दिन आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बेलुकी भेटवार्ता भएको छ।

पार्टीको सचिवालय बैठकको अघिल्लो दिन आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रिय सभामा रिक्त एक सदस्यमा कसलाई पठाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो।

उपाध्यक्ष वामदेव गौतम वा डा. युवराज खतिवडालाई पठाउने विषयमा सहमति भने हुन सकेन्।

दुई अध्यक्षको कुरा नमिलेपछि बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस बारेमा टुंगो लगाउने बुझिएको छ।

नेकपा उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा जाने बताएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्। ओली भने खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्।

पार्टी अरु नेताहरुले पनि यसअघि सचिवालय बैठकले नै गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।

आजको भेटवार्तामा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि छलफल भएको छ। नेकपा सचिवालय बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ।

प्रकाशित: Sep 02, 2020| 20:32 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।