शुक्रबार, भदौ १२, २०८३

भारतमा पबजी प्रतिबन्धित

काठमाडौं– भारतले चीनमा विकसित गरिएका मोबाइल एपहरु बन्द गर्ने क्रममा गेमिङ एप पबजीसहित ११८ वटा मोबाइल एप्स प्रयोगमा बन्देज लगाएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– भारतले चीनमा विकसित गरिएका मोबाइल एपहरु बन्द गर्ने क्रममा गेमिङ एप पबजीसहित ११८ वटा मोबाइल एप्स प्रयोगमा बन्देज लगाएको छ।

ती एपबाट भारतको सम्प्रभुता, अखण्डता, देशको सुरक्षा तथा लोकतन्त्रमा खतरा पुगेको भन्दै इलेक्ट्रोनिक्स तथा इन्फरमेसन टेक्नोलोजी मन्त्रालयले प्रतिबन्ध लगाएको हो।

यसबाट भारतको साइबर स्पेसको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने मन्त्रालयको दाबी छ। ती एपबाट प्रयोगकर्ताको निजी तथ्यांक बाहिरिएको भारतले बताउँदै आएको थियो।

यसअघि भारतले टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो। अहिलेसम्म भारतले ११८ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाइसकेको छ।

उता, अमेरिकाले पनि टिकटक लगायत कैयौं चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ।

प्रकाशित: Sep 03, 2020| 05:57 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।