शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित कैदीबन्दी कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा राखिने

संक्रमित कैदीबन्दी कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा राखिने

कोरोना संक्रमित कैदीबन्दीलाई तत्कालका लागि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा राखिने भएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– कोरोना संक्रमित कैदीबन्दीलाई तत्कालका लागि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा राखिने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको हकमा उक्त तालिम केन्द्रलाई आइसोलेसनको रुपमा प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन।

मन्त्रालयले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराको परिसरमा रहेको घरेलु तालिम केन्द्रको कारखानालाई आइसोलेसन बनाउन निर्माण कार्य थाल्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ।

बिरामी कैदीबन्दीलाई सम्भव भएसम्म कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै उपचार गराउने र सोबाट सम्भव नभएमा सुरक्षित रुपमा स्थानीय वा अन्य अस्पतालमा उपचार गराई फर्के पश्चात कारागार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाउन पनि भनिएको छ।

संक्रमणको लक्षण देखिएका गम्भीरखालका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको पनि गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर ११८ जना कैदीबन्दीमा संक्रमण देखिएको छ। तीमध्ये ४९ संक्रमणमुक्त भइसकेका छन भने ६९ उपचाररत छन्। एक जनाको भने मृत्यु भएको छ।

मन्त्रालयले कारागारहरूमा संक्रमणको थप जोखिम हुन नदिन, रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न तथा संक्रमित कैलीबन्दीको उपचारको लागि आवश्यक व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभाग मार्फत सबै कारागार र प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित: Sep 02, 2020| 21:35 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।