शुक्रबार, भदौ १२, २०८३

बिम्स्टेक बडापत्रको मस्यौदा तयार

दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय संगठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगा खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय संगठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगा खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रको मस्यौदालाई अन्तिम रुप दिइएको छ।

बिम्स्टेकको अध्यक्ष मुलुक श्रीलंकाले अप्रत्यक्ष रुपमा बुधबार आयोजना गरेको संगठनका वरिष्ठ अधिकारीहरुको बैठकले बडापत्रलाई अन्तिम रुप दिनाका साथै भावी महासचिवको नियुक्तिलाई अनुमोदन गरेको हो। बैठकले संगठनका केन्द्रहरुका सम्बन्धमा पनि निर्णय गरेको छ।

संगठनको सत्रौं मन्त्रिस्तरीय बैठक आगामी वर्ष आयोजना गर्ने श्रीलंकाको प्रस्तावमा पनि छलफल भएको बताइएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीले काठमाडौंमा दुई वर्षअघि सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनपछि भएका प्रगतिको समीक्षा गर्दै पहिचान गरिएका सहयोगका क्षेत्रका कार्यक्रमलाई द्रुत गतिमा कार्यान्वयन गर्न सुदृढ उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले व्यापार र सम्पर्क सञ्जाल विस्तारलगायत पहिचान गरिएका सहयोगका परियोजना कार्यान्वयन गर्न सदस्य मुलुकहरुबीच घनीभूत र गाढा रुपमा सहयोग हुनुपर्नेमा जोड दिएका थिए। सदस्य देशहरुका परराष्ट्र सचिवहरुको बाइसौं बैठक आगामी मार्चमा थाइल्यान्डमा हुनेछ। रासस

प्रकाशित: Sep 02, 2020| 22:58 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।