शुक्रबार, भदौ १२, २०८३

भरुवा बन्दुकसहित जंंगलबाट दुई जना पक्राउ

धनगढी- भरुवा बन्दुकसहित जंंगलमा काठ चिर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

धनगढी- भरुवा बन्दुकसहित जंंगलमा काठ चिर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

सबडिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको संयुक्त टोलीले आज बिहान जंगलमा काठ चिरान गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो। तीन जना भने फरार भएका छन् ।

मोहन्याल गाउँपालिका–६ र लम्कीचुहा नगरपालिका–६ मा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा मोहन्याल गाउँपालिका–६, बादेगौजाका ४३ वर्षीय नैन बहादुर सिँजाली मगर र ३६ वर्षीय तुल बहादुर घर्तिमगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।

सबडिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्णबहादुर बोहोराले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गर्न सफल भए पनि तीन जना भागेको बताए।

घटनास्थलबाट तयारी अवस्थामा राखिएको २ थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा, २ बञ्चरा बरामत गरिएको सहायक वन अधिकृत बोहोराले बताए ।

यता, पक्राउ परेका नैन बहादुर सिँजाली मगरले लम्कीचुहा नगरपालिका–६ मा बस्ने गोविन्द चन्दले घरमा आएर ८० रुपैयाँ क्यूफिट ज्यालादारी दिनेगरी काममा लगाएको बताएका छन् । चन्दले पेश्की स्वरुप प्रतिव्यक्ति २ हजारका दरले ४ जनालाई सुरुमै ८ हजार दिएको मगरले बताए।

पक्राउ परेका तुलबहादुर घर्तिमगरले जंगलमै खान बस्नको व्यवस्था गरेर आफूहरुलाई काम गर्न लागेको बताए । उनले भदौ १४ गतेदेखि जङ्गलमा काठ चिरान गर्न लागेको बताए ।

काठ चिरान गर्न लगाउने गोविन्द चन्द देउराली सामुदायिक वनका निवर्तमान अध्यक्ष हुन्। देउराली सामुदायिक वनका अध्यक्ष ललित कामीले घटनास्थलमा पुग्दा काठ चिरान गर्ने र खाना बनाउने तयारी भइरहेको बताए ।

पक्राउ परेकाहरुले गोविन्द चन्द र उनका भाइ मिलन चन्द्रले काठ चिराउन लगाएको बताएको अध्यक्ष कामीको भनाइ छ ।

प्रकाशित: Sep 02, 2020| 19:06 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।