शुक्रबार, भदौ १२, २०८३

रौतहटमा पुजारीको हत्या गर्ने दुई जना सार्वजनिक

रकम लेनदेनको कारण रौतहटमा पुजारीको हत्या भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– रकम लेनदेनको कारण रौतहटमा पुजारीको हत्या भएको प्रहरीले जनाएको छ।

माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका नरेश राउत पटेल र बालकुमार पटेललाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

पुजारीले आफ्नो रकम फिर्ता मागेपछि योजनाबद्ध रुपमा हत्या गरिएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

३ भदौमा रातिको खाना खाइरहेका बेला पुजारी साहको हत्या भएको थियो।

अभियुक्तलाई भारतीय प्रहरीको सहयोगमा बिहारबाट पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो।

प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरूले कटुवा पेस्तोल प्रहार गरी पुजारीको हत्या गरेका थिए।

अनुसन्धानको क्रममा नरेश पटेलका बुवाले पुजारीसँग ब्याजमा रकम लिएको खुलेको सिंहले बताए। घटनाको तीन दिनअघि उनीहरूबीच रकम तिर्ने सम्बन्धमा विवाद भएको थियो

घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 02, 2020| 19:07 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।