शुक्रबार, भदौ १२, २०८३

एकै पटक ४ सन्तान जन्माएकी महिलाको मृत्यु

काठमाडौं– एकै पटक ४ सन्तान जन्म दिएकी महिलाको जनकपुरधाममा मृत्यु भएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– एकै पटक ४ सन्तान जन्म दिएकी महिलाको जनकपुरधाममा मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनको बुधबार दिउँसो मृत्यु भएको हो। उनले मंगलबार साँझ शल्यक्रियामार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्।

जनकपुरको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले खातुनको मृत्यु भएको जानकारी दिए।

एकै पटकमा चार बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।अरमानाको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको सिंहले जानकारी दिए।

अरमानाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी थिइन्।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन्। तीमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ।

शिशुहरुको अवस्था समेत अस्थिर देखिएको र अहिले चारै शिशुलाई आइसियुमा राखेर उपचार भइरहेको डा. सिंहले बताए।

प्रकाशित: Sep 02, 2020| 18:24 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।