बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन्।
हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौं) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्।
चिटिक्क परेका घर। घर अगाडि ढुंगा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका ३ मा रहेको रामकोट गाउँको चिनारी यस्तै छ।
शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका सुवेदी र आचार्यलाई पुरस्कारस्वरुप जनही पाँच हजार १०० रुपैयाँ सहित सम्मान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए।
पहिले साहित्य जन्म्यो, त्यसपछि परिभाषा। अर्थात् आफ्नै परिभाषाभन्दा साहित्य जेठो छ। त्यसैले परिभाषाको संकुचित घेरामा खुम्चिएर साहित्य बस्दैन। बस्न सक्तैन। कुनै सीमा र बन्धनले साहित्यलाई सदाकाल ठिँगुराएर राख्न सक्दैन। सक्ने...