काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।
आजदेखि इजलासमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बिहीबार बहस सकिएपछि आजबाट रिट निवेदकले जवाफ दिन लागेका हुन्। आजका लागि इजलासले पाँच जना रिटकर्तालाई समय उपलब्ध गराएको छ।
निवेदकहरुले जवाफ दिएपछि एमिकस क्युरीका पाँच जनाले आफ्नो राय प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव गर्ने सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस सदर गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।