शुक्रबार, भदौ १९, २०८३

पर्यटकको पर्खाइमा रामकोट

चिटिक्क परेका घर। घर अगाडि ढुंगा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका ३ मा रहेको रामकोट गाउँको चिनारी यस्तै छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

दमौली- चिटिक्क परेका घर। घर अगाडि ढुंगा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका ३ मा रहेको रामकोट गाउँको चिनारी यस्तै छ। 

मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन्। विसं ०७५ मा १४ घर दर्ता गरेर रामकोट घरबास व्यवस्थापन समिति दर्ता गरिएको थियो। 

कोभिड–१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिइन्। १४ घरले तालिम लिएर सुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्ने भएको छ।

‘कोभिड अगाडि अलि–अलि आन्तरिक पर्यटक आउने क्रम थियो तर कोभिडले रोकियो’, उनले भनिन्, ‘कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थाल्नुभएको छ।’

रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ। ‘स्थानीय संस्कृति र अग्र्यानिक खानेकुरालाई जोड दिएका छौँ’, उनले भने, ‘यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौँ।’

यहाँका स्थानीयवासीलाई घरवास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ। पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ। 

बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ। बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।  

‘रामकोटको घरवासलाई जोड्ने उद्देश्यसहित गाउँपालिकाले ४.८ किलोमिटर साइकल लेन निर्माण गरेको छ’, थापाले भने, ‘यसले समग्र गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्‍याउँछ।’ 

घरवास सञ्चालनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पुर्‍याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताउ।  रामकोट सामुदायिक घरवासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट १० लाख अनुदानको व्यवस्था भएको छ।

कटुवाल प्रथा कायमै
सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका ३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ। स्थानीयवासी नरसिं थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आएका छन्। 

गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आएका छन्। कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ। उनका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आएका थिए। 

बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उनले बताए। ‘गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु’, उनले भने, ‘त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन्।’

स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताइन्। उनका अनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन्। ‘यहाँ वर्षौँदेखि चलिआएको चलन हो’, उनले भनिन्।  

बिजुली पुगेपछि सहज 
वर्षौँसम्म विना विद्युत जीवन चलाउँदै आएकी तनहुँको घिरिङ गाउँपालिका १ निवासी पार्वती शाहीलाई अचेल सहज भएको छ। 

टुकी र मैनबत्तीको सहारामा जीवनयापन गर्दै आएकी उनको घरमा अहिले बत्ती बल्न थालेको छ। ‘बिजुली बत्तीको आसमा बसेको थुप्रै वर्ष भयो, बत्ती बाल्ने चाहना लामो समयपछि पूरा भएको छ’, शाहीले भनिन्, ‘बत्ती बलेपछि सहज हुने रहेछ।’ 

घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले ‘बत्ती बाल्न पाइएला र ?’ जस्तो लाग्ने गरे पनि अहिले बत्ती बलेको देख्दा खुशीको सीमा नरहेको बताइन्।  

स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आसमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताइन्। ‘बत्ती कहिले बल्ला भनेर लामो समय कुर्यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो’, उनले भने।

स्थानीय तहको निर्वाचनपश्चात् गाउँपालिकामा आएका जनप्रतिनिधिको प्रयासबाट घिरिङका सबै घरधुरीमा विद्युत् सेवा पुगेको छ। सबै घरधुरीमा विद्युत सुविधा पुगेपछि घिरिङ गाउँपालिका अँध्यारोमुक्त बन्न सफल भएको छ। 

प्रकाशित: Feb 14, 2021| 03:34 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।