शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि जनप्रतिनिधि तथा सरकारी कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

आजदेखि जनप्रतिनिधि तथा सरकारी कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजदेखि पहिलो प्राथमिकताको दोस्रो चरणको खोप सुरु गर्दैछ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजदेखि पहिलो प्राथमिकताको दोस्रो चरणको खोप सुरु गर्दैछ। 

गत माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको सरकारले आजदेखि सरकारी कर्मचारीलाई खोप दिनेछ भने स्थानीय तहका जनप्रतिनिधिदेखि फ्रन्टलाइनर कर्मचारीले खोप पाउने छन्।

फागुन ८ गतेसम्मका लागि तय गरिएको यो चरणमा तीन लाख व्यक्तिलाई खोप दिने योजना छ। 

यसअघि स्वास्थ्यकर्मी, सफाइकर्मी, वृद्धाश्रम र जेलमा रहेका व्यक्तिहरूलाई खोप दिइएको थियो। 

यस्तै काठमाडौं उपत्यकामा पत्रकार, कूटनीतिक नियोग, यूएन एजेन्सीका कर्मचारीलाई पनि खोप दिने व्यवस्था मिलाइएको थियो। 

स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबारसम्म करिब एक लाख ९० हजार व्यक्तिले खोप पाएका छन्। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि, जिल्लास्तरीय सबै सरकारी कार्यलयका कर्मचारीहरूले आजदेखि खोप पाउनेछन्। 

यस्तै जिल्लास्तरीय सार्वजनिक संस्थान र बैंकका कर्मचारी, जिल्ला भित्रका पत्रकारहरूलाई पनि खोप दिइँदै छ।

प्रकाशित: Feb 14, 2021| 04:54 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।