शुक्रबार, भदौ १९, २०८३

कांग्रेस पौडेल समूहले डाक्यो जिल्ला सभापतिको भेला 

नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रणनीति बनाउने तयारीमा जुटेको छ। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रणनीति बनाउने तयारीमा जुटेको छ। 

महाधिवेशन मिति फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तयारी थियो। तर कोरोना महामारीका कारण देखाएर कांग्रेस नेतृत्वले तत्काल महाधिवेशन नगर्ने भएको छ। यद्यपि महाधिवेशनको अर्को मिति हालसम्म तोकिएको छैन।

यही सन्दर्भमा छलफल गर्न पौडेल पक्षको भेला शनिबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा बसेको छ। भेलाले फागुन ५ गते आफू निकटका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको छ। 

सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी रणनीति तय गर्न सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको भेलामा सहभागी एक नेताले जानकारी दिए। 

१३ औं महाधिवेशनबाट निर्वाचित सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिइसकेको छ। विधानअनुसार थप्न मिल्ने एक वर्षको अवधिसमेत सकिएको छ। अब संविधानको व्यवस्थाअनुसार ६ महिनाभित्र अर्थात् भदौ सम्म कांग्रेसले महाधिवेशन गर्नुपर्नेछ। फागुन ५ को भेलाले कसरी अघि बढ्ने भन्ने बारेमा निचोड निकाल्ने ती नेताले बताए।

भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ।

प्रकाशित: Feb 13, 2021| 15:32 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।