शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई करोड हिनामिनाको आरोपमा हुम्ला सर्केगाडका प्राविधिक सहायक निलम्बनमा

दुई करोड हिनामिनाको आरोपमा हुम्ला सर्केगाडका प्राविधिक सहायक निलम्बनमा

हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौं) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

हुम्ला –  हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौं) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्। 

२०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड रूपैयाँ बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको हो।

निलम्बन नगरेको खण्डमा सरकारी हानि नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले माघ २९ गतेदेखि निलम्बन गरेका हुन्। 

आचार्यले कुनै कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेस गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत चेतावनी दिएका छन्। 

तर, शाहीले भने आफूले सो कार्य नगरेको बताएका छन्। 

यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले ‘मदिरा सेवन’ गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरी आफ्नो मानहानि गरेको उनको भनाइ छ। रासस

प्रकाशित: Feb 14, 2021| 03:47 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।