शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘हुतराज अर्धचन्द्र’ पत्रकारिता पुरस्कार सुवेदी र आचार्यलाई

‘हुतराज अर्धचन्द्र’ पत्रकारिता पुरस्कार सुवेदी र आचार्यलाई

शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका सुवेदी र आचार्यलाई  पुरस्कारस्वरुप जनही पाँच हजार १०० रुपैयाँ सहित सम्मान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

मेलम्ची- हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले पत्रकारद्वय देवराज सुवेदी र दुर्गा आचार्यलाई ‘हुतराज अर्धचन्द्र’ पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ। 

शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका सुवेदी र आचार्यलाई  इन्द्रेश्वरी मावि मेलम्चीको २७ औं वार्षिकोत्सवका अवसरमा पुरस्कारस्वरुप जनही पाँच हजार १०० रुपैयाँ सहित सम्मान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए।

आचार्य इमेज कम्पनीको अनलाइन इमेज खबरको डेस्क एडिटर हुन भने सुवेदी राससका संवाददाता र रेडियो मेलम्चीको स्टेसन म्यानेजर हुन्। 

पुरस्कार ग्रहण गरिसकेपछ सुवेदीले सोही विद्यालयमा सञ्चालित बौद्धिक क्षमता विस्तार कक्षालाई  १० हजार १०० सहयोग गरेका थिए।

आफूले पाएको रकममा रेडियो मेलम्चीका तर्फबाट  पाँच हजार रुपैयाँ थप गरी सहयोग गर्न पाउँदा झनै खुसी लागेको उनले बताए। 

आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी टपरलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिए।

संस्थाले दृष्टिविहीन, अपांगता भएका व्यक्ति, दलित र आर्थिक अवस्था न्यून भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। रासस

प्रकाशित: Feb 13, 2021| 15:49 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।